२८ मंसिर २०८२, आइतबार

बर्दियामा जंगली हात्तीको आक्रमणबाट १ महिलाको मृत्यु

प्रकाशित मिति :  2 January, 2022 5:24 pm


बर्दिया । बर्दिया राजापुर नगरपालिका-९ बस्ने वर्ष ५४ की भुसिया थारुको हात्तीको आक्रमणमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

दशगजा नजिक बाख्रा चराउन गएको अवस्थामा जंगली हात्तीले थारुलाई आक्रमण गरेको थियो । जिल्ला प्रहरी कार्यालय बर्दियाले पशु चौपाया चराउन जाँदा सचेत रहन आग्रह गरेको छ ।

प्रहरीले भनेको छ,“जंगली जनावरहरुको आक्रमणबाट बर्दिया जिल्लामा पटक-पटक मानविय क्षती भईरहेको व्यहोरा विदितै छ यसर्थ जंगली क्षेत्रहरुमा घाँस(दाउरा गर्न तथा पशु चौपाया चराउन जाँदा साबधानी अपनाउन तथा एक्लै नजान जिल्ला प्रहरी कार्यालय बर्दिया सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ ।”



प्रतिक्रिया दिनुहोस !