८ पुस २०८२, मंगलबार

माओवादीका तीन आयोगको प्रमुख छानिए

प्रकाशित मिति :  2 January, 2022 5:51 pm


काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत विभिन्न तीन आयोगको प्रमुख चयन भएका   छन् ।

महाधिवशेन सुरु भएको आठौँ दिनको बन्दसत्रमा अध्यक्षमण्डलका सदस्य गणेश शाहले तीन वटा आयोगका प्रमुख चयनका लागि बन्दसत्र हलमा प्रस्तुत गरेका थिए ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताको उपस्थितिमा अध्यक्ष मण्डलका सदस्य शाहले लेखा, निर्वाचन, अनुशासन आयोगका सदस्यको नाम प्रस्तुत गरेका हुन् ।

अध्यक्ष मण्डलका तर्फबाट प्रस्तुत भएका ती आयोगका प्रमुख र सदस्यको नाम ध्वनीमतका आधारमा स्वीकृत भएको हो ।

निर्वाचनमा विष्णुपुकार श्रेष्ठलाई निरन्तरता दिइएको छ । अनुशासनमा टङ्क राई र लेखा आयोगका पेशल खतिवडाको नाम अनुमोदन गरिएको छ ।

तीनवटै आयोगमा २५/२५ सदस्यीय रहने माओवादीको विधानमा व्यवस्था छ । आयोगका सदस्यलाई केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन पाउने व्यवस्था छ । आजको बन्दसत्रले आर्थिक प्रतिवेदनलाई पारित गरेको छ । हाल बन्दसत्रको कार्यक्रम जारी छ ।



प्रतिक्रिया दिनुहोस !