१९ बैशाख २०८१, बुधबार

सरकारद्वारा कोरोना संक्रमित ५ देशको अनअराइभल भिसामा रोक

प्रकाशित मिति :  2 March, 2020 3:40 pm


काठमाडौ, १९ फागुन । 

कोरोना संक्रमण  दक्षिण कोरिया, चीन, जापान, इरान र इटालीका नागरिकलाई अनअराइभल भिसामा सरकारले रोक लगाएको छ । यी देशका नागरिकले आगामी ६ मार्चबाट लागू हुनेगरी मार्च महिनाभरि कोरोनाबाट प्रभावित देशबाट नेपाल आउने नागरिकलाई सरकारले भिसा जारी नगर्ने अध्यागमन विभागले जनाएको छ ।

सरकारले ५ वटा देशमा कोरोना संक्रमण फैलिएसँगै ती देशको अनअराइभल भिसामा रोक लगाएको विभागले जानकारी दिएको हो ।कोरोना भाइरसका प्रभावित मुलुकका नागरिकलाई अनअराइभल भिसामा रोक लगाइएको अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीले जानकारी दिएका छन् ।

विभागअन्तर्गत ९ वटा प्रस्थान विन्दुबाट नेपाल प्रवेश गरेका ती देशका नागरिकलाई भने अनअराइभल भिसा प्राप्त गर्न सकिने सुविधा दिएको छ ।अनअराइभल भिसा रोकिए पनि यी देशबाट नेपाली फर्कन चाहने नेपालीका हकमा भने रोक नलगाइएको विभागले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !