१६ चैत्र २०८०, शुक्रबार

कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको सेवा प्रभावित

प्रकाशित मिति :  19 January, 2022 1:12 pm


काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका अधिकांश कर्मचारीमा कोरोना संक्रमण भएपछि सेवा प्रभावित भएको छ ।

कार्यालयले मंगलबार एक सुचना जारी गर्दै ५ गते(बुधबार) बाट लागू हुने गरी सेवा स्थगनबारे जानकारी दिएको हो । प्रशासनले नागरिकता, नागरिकता प्रतिलिपि नावालक परिचयपत्र राष्ट्रिय परिचयपत्र र राहदानी प्रदान गर्ने फाँटबाट प्रदान हुने सेवाहरु अर्काे सुचना जारी नभएसम्म स्थगित भएको विज्ञप्तिमार्फत जनाएको छ ।

“सेवा प्रदायकको रुपमा कार्यरत कर्मचारी तथा सेवाग्राहीबीचको नियमित र प्रत्यक्ष सम्पर्कका कारण यस कार्यालयको नागरिकता, नागरिकता प्रतिलिपि नावालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी प्रदान गर्ने फाँटतर्फका कर्मचारीहरु कोभिड-१९ बाट संक्रमित भई उपचारको क्रममा रहेकाले अर्को सूचना जारी नभएसम्म भोली मिति २०७८ माघ ५ गते देखि लागू हुने गरि माथि उल्लेखित फाँटका सेवाहरु हाललाई स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,” प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस !