४ पुस २०८२, शुक्रबार

भक्तपुरको जनसङ्ख्या वृद्धिदर सबैभन्दा बढी,रामेछापको घट्दो

प्रकाशित मिति :  26 January, 2022 12:31 pm


काठमाडौं । भक्तपुरको जनसङ्ख्या वृद्धिदर सबैभन्दा बढी देखिएको छ भने रामेछापको जनसङ्ख्या वृद्धिदर सबैभन्दा घट्दो देखिएको छ ।

२०७८ सालको जनगणनाको प्रारम्भिक नतिजा अनुसार देशभरको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको छ । २०७८ सालको जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो ।

प्रदेशगतरुपमा मधेश प्रदेशको जनसङ्ख्या सबैभन्दा बढी छ भने कर्णाली प्रदेशको कम देखिएको छ ।

केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले आफूहरुले नेपालको नयाँ नक्सामा समावेस लिपुलेक, कालापानी र लिम्पियाधुरामा पनि गणना गरिएको तथा विस्तृत विवरण आउन बाँकी रहेको बताएका छन् ।

नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको हो ।



प्रतिक्रिया दिनुहोस !