५ जेष्ठ २०८१, शनिबार

जोर बिजोर हटाउने तयारीमा सरकार

प्रकाशित मिति :  27 January, 2022 3:04 pm


काठमाडौं । सरकारले उपत्यकामा लगाएको जोर बिजोर यातायात प्रणाली हटाउने तयारी गरिरहेको पाइएको छ ।

सीसीएमसीसी र स्वास्थ्य मन्त्रालयसँग यसका लागि सुझाउ लिने तत्परता उपत्यकाका सीडीओले देखाएका हुन् ।

अन्य सार्वजनिक संस्थान प्रतिष्ठानहरू सञ्चालनमा राखेर उपत्यकामा तीन जिल्लाका सीडीओेहरूले अघिल्लो बुधबारदेखि जोर–बिजोर नियम कार्यान्वयनमा ल्याएका थिए ।

सार्वजनिक र निजी सेवा प्रदायक संघ–संस्था र कार्यालयहरू खुलिरहेको अवस्थामा सार्वजनिक तथा निजी यातायातमा जोर–बिजोर नियम लागु गर्दा बस, माइक्रो, टेम्पोलगायतका सार्वजनिक यातायातमा यात्रुहरूको घुइँचो बढेको देखिएको छ ।

जोर बिजोर प्रणालीको समीक्षा गर्दा यसबारे पुनर्विचार गर्ने तयारी भइरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी सार्वजनिक गरेका छन् ।

सीसीएमसीसी र स्वास्थ्य मन्त्रालयसँग सल्लाह गरी जोर–बिजोर हटाउने तयारी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !