५ जेष्ठ २०८१, शनिबार

पूर्वसभामुख महरा र सभापति घर्तीद्वारा नेता पुनसँग भेट,स्वास्थ्य अवस्थाबारे जानकारी

प्रकाशित मिति :  27 January, 2022 5:06 pm


काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरा र शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले नेता वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

पुनको निवास बालुवाटार पुगेर महरा र घर्तीले पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । महरा चीनमा उपचार गरेर केही दिन अघि मात्रै नेपाल फर्किएका थिए । भेटमा नेता पुनको स्वास्थ्यबारे सामान्य कुराकानी भएको सभापति घर्तीले जानकारी दिइन् ।

उनले भनिन्,“ महरा सर पनि जानु भएको थियो, म पनि गएको थिएँ, सामान्य स्वास्थ्य अवस्थाबारे कुराकानी भयो । ”

भेटमा नेता पुनले अहिले आफू पूर्ण स्वस्थ्य भएको बताएका थिए । नेता पुुनले अब खाने कुरामा पनि कुनै समस्या नरहेको र पूर्ण स्वस्थ्य भएको भेटमा बताएको नेतृ घर्तीले जानकारी दिइन् ।



प्रतिक्रिया दिनुहोस !