रोल्पामा थबाङ गाउँपालिकाको जनसंख्या सबैभन्दा कम
प्रकाशित मिति : 27 January, 2022 5:44 pm
काठमाडौं । रोल्पामा थबाङ गाउँपालिकाको जनसंख्या सबैभन्दा कम देखिएको छ । जनगणना–२०७८ को प्रारम्भिक नतिजा अनुसार थबाङ गाउँपालिकाको जनसंख्या सबैभन्दा कम देखिएको हो ।
केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नतिजा अनुसार थबाङ गाउँपालिकाको जनसंख्या ११,००८ रहेको छ । जसमा पुरुषको जनसंख्या ५,१५९ रहेको छ भने महिलाको जनसंख्या ५,८४९ रहेको छ ।
त्यस्तै रोल्पाको सबैभन्दा धेरै जनसंख्या रोल्पा नगरपालिकाको रहेको छ । नयाँ जनगणना अनुसार रोल्पा नगरपालिकाको जनसंख्या ३५,६४४ रहेको छ जसमा पुरुषको संख्या १६,४१० रहेको छ भने महिलाको संख्या १९,२३४ रहेको छ ।
कुन पालिकाको जनसंख्या कति ?









