५ जेष्ठ २०८१, शनिबार

स्याङ्जाको जनसंख्या घट्याे,वृद्धिदर १.२१ प्रतिशतले ऋणात्मक

प्रकाशित मिति :  28 January, 2022 12:48 pm


स्याङ्जा  ।  स्याङ्जाको जनसंख्या घटेको छ ।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार जनगणना २०६८ मा स्याङ्जा जिल्लाको कुल जनसंख्या २,८९,१४८ रहेको थियो भने २०७८ को जनगणना अनुसार २,५४,९६५ रहेको छ ।

जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार स्याङ्जा जिल्लाको जनसंख्या वृद्धिदर १.२१प्रतिशतले ऋणात्मक देखिएको  हो ।

त्यस्तै स्याङ्जाको वालिङ् नगरपालिकामा सबैभन्दा बढि जनसंख्या रहेको छ भने सबैभन्दा कम जनसंख्या फेदीखोला गाउँपालिकामा रहेको छ ।

विभागको प्रारम्भिक नतिजा अनुसार वालिङ नगरपालिकाको जनसंख्या ५०,९३२ रहेको छ जसमध्ये पुरुषको संख्या २३,६५७ र महिलाको संख्या २७,२७५ रहेको छ ।

त्यस्तै फेदीखोलाको जनसंख्या १०,७८६ रहेको छ जसमध्ये पुरुषको संख्या ५,०३५रहेको छ भने महिलाको संख्या ५,७५१ रहेको छ ।



प्रतिक्रिया दिनुहोस !