५ जेष्ठ २०८१, शनिबार

कांग्रेस भित्रै आमूल परिवर्तन आवश्यक छ : सभापति पुन

प्रकाशित मिति :  29 January, 2022 4:49 pm


बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले नेपाली कांग्रेस पार्टीभित्रै आमूल परिवर्तनको आवश्यकता रहेको बताएका छन् ।

नेपाली कांग्रेस देवदह नगर समिति रुपन्देहीद्वारा आयोजित भेटघाट कार्यक्रममा सभापति पुनले अब विगतको तरिकाले कांग्रेस चल्न नसक्ने र आमूल परिवर्तनको खाँचो रहेको बताएका हुन् ।

पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य समेत रहेका सभापति पुनले नेपाली कांग्रेसलाई कांग्रेसलाई जनमुखी र समय अनुकूल बनाउन पार्टीका नेता तथा कार्यकर्ताको आचरण पनि परिवर्तन गर्नुपर्ने समय आएको समेत बताए ।

उनले संविधान अनुसार १४औं महाधिवेशनबाट प्रदेश समितिहरू निर्माण भइ सकेको उल्लेख गर्दै प्रदेश समितिलाई प्रभावकारी र बलियो बनाउनु पर्नेमा जोड दिए ।

महाधिवेशनको समयमा भएको सम्पूर्ण तिक्तताको अन्त्य गर्दै पार्टीभित्र एकताका साथ अगाडि बढ्न पनि उनले सबैलाई अपिल गरे ।

भेटघाट कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिका सदस्य प्रकाश राना, नेपाली कांग्रेस नेता युवराज गिरी लगायतका नेता तथा शुभेच्छुकहरूको उपस्थित रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !