१८ बैशाख २०८१, मंगलबार

कालीकोटमा औद्योगिक ग्राम बन्दै

प्रकाशित मिति :  30 January, 2022 1:53 pm


कालीकोट। कालीकोटको शुभकालिका गाउँपालिकामा औद्योगिक ग्राम बन्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालू आर्थिक वर्ष २०७८/७९ मा शुभकालिकालाई औद्योगिक ग्राम बनाउन छनोट गरेको हो ।

देशभरका चार नगरपालिका र दुई गाउँ पालिकालाई मन्त्रालयले औद्योगिक ग्राम बनाउन छनोट गरेको हो । मन्त्रालयका अनुसार औद्योगिक ग्रामका लागि छनोट गरिएका स्थानीय तहमा शुभकालिकासँगै धनकुटाको महालक्ष्मी नगरपालिका, धादिङकोका स्थानीय तहमा शुभकालिकासँगै धनकुटाको महालक्ष्मी नगरपालिका, धादिङ नीलकण्ठ नगरपालिका, अर्घाखाँचीको पाणिनी गाउँपालिका र डोटीको दिपायल सिलगढी नगरपालिका छन् ।

छनोटमा परेका स्थानीय तहले औद्योगिक ग्राम पूर्वाधार विकासका लागि पहिलो किस्तामा रु ९२ लाख बजेट विनियोजन गरी सम्झौता गरेको अध्यक्ष चौलागाईंले बताए। “औद्योगिक ग्रामका लागि जग्गाको र त्यसको डिपिआर बनाएर मन्त्रालयमा पठाएपछि औद्योगिक ग्रामका रुपमा छनोट भएको हो”, उनले भने ।

औद्योगिक ग्राम स्थापना गर्ने सरकारको नीतिअनुसार पूर्वाधारसहित डिपिआर मन्त्रालयमा पेस गरेको र त्यसैका आधारमा सङ्घीय सरकारले रकम विनियोजन गरेको अध्यक्ष चौलागाईले जानकारी दिए ।

औद्योगिक ग्रामभित्र प्रशासनिक भवन, बैंक तथा वित्तीय संस्था, दिवा शिशु स्याहार केन्द्र, सामान प्रदर्शनी स्थल तथा बिक्री कक्ष, शौचालय तथा स्नानगृह, पार्किङ, क्यान्टिन र प्राथमिक स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले रकम हस्तान्तरण गरेको चौलागाईले  बताए। रासस



प्रतिक्रिया दिनुहोस !