१२ श्रावण २०८१, शनिबार

साेलार अनुदान सम्झाैता प्रकृयामा संलग्नता नरहेकाे राेल्पा रेडक्रसकाे स्पष्टाेक्ति, कमजाेरी भए छानविन र कारवाहीकाे प्रतिवद्धता

प्रकाशित मिति :  5 March, 2020 8:57 pm


राेल्पा, २२ फागुन । 

नेपाल रेडक्रस साेसाइटी राेल्पा शाखाले जिल्लाकाे परिवर्तन गाउँपालिका अन्तर्गत स्वास्थ्य संस्था र विद्यालयका लागि अनुदानकाे साेलार सम्झाैता सम्बन्धि प्रकृयामा अाफ्नाे संलग्नता नभएकाे बताएकाे छ । खरिद तथा जडानकाे प्रकृया अाफ्नाे क्षेत्राधिकारमा नभएकाे स्पष्ट पार्दै रेडक्रसका कुनै कर्मचारी वा पदाधिकारीकाे कमजाेरी भए छानविन गरि कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरिएकाे छ ।

रेडक्रस राेल्पाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै साेलार खरिद तथा जडान लगाएतका कार्यमा रेडक्रसकाे प्रत्यक्ष संलग्नता नभएकाे जनाएकाे छ । लुम्बिनीसञ्चारमा प्रकाशित रोल्पामा अनुदानमा परेको सोलार हिनामिना सम्बन्धि समाचारमा रेडक्रसकाे पनि नाम जाेडिएकाेप्रति ध्यानाकर्षण जनाउदै रेडक्रस राेल्पाका पदाधिकारी र कर्मचारीकाे संलग्नता नरहेकाे प्रष्ट्याएकाे हाे ।

बुधबार प्रकाशित समाचारकाे विषयवस्तुमा रेडक्रसकाे धारणा सार्वजनिक गर्दै  रेडक्रस राेल्पा शाखाका सभापति डी.बी. घर्तीमगर, मन्त्री अमर जी.एम., उप सभापति टीकाकुमारी बुढामगर र काेषाध्यक्ष भीम बहादुर बुढामगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा रेडक्रसकाे साे क्षेत्रमा संचालमा रहेकाे परियाेजनाकाे अवस्था तथा साेलार अनुदान प्रकृयामा अाफ्नाे संलग्ता नभएकाे दाबीसहित विस्तृत चर्चा गरिएकाे छ ।

”साेलार जडान र खरिदका लागि सम्बन्धित सेवाग्राही संस्था र वैकल्पिक उर्जाबीच नै सबै प्रकृया हुने हाे । परियाेजना सञ्चालनका क्रममा अावश्यकता पहिचान भएकाे र परियाेजनाकै पहलमा साेलारकाे काम अगाडि बढेकाले सहजीकरणा मात्र परियाेजनाले गरेकाे हाे,” विज्ञप्तिमा भनिएकाे छ, ”यसमा हाम्राे प्रत्यक्ष संलग्नता छैन, याे हाम्राे परियाेजना भित्रकाे गतिविधि नै हाेइन र परियाेजनाभन्दा बाहिरकाे विषय हाे ।”



प्रतिक्रिया दिनुहोस !