बैंकिङ कसुर मुद्दामा पक्राउ
प्रकाशित मिति : 5 March, 2020 9:29 pm
![](https://i0.wp.com/www.lumbinisanchar.com/wp-content/uploads/2020/03/banking-kasur.jpg?fit=900%2C500&ssl=1)
काठमाडाैं, २२ फागुन ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले आज चन्द्रागिरिबाट पक्राउ गरेको छ । खोटाङ याम्खा घर भई काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोला बस्ने ३२ वर्षीय मोहन राईलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।
उनीमाथि रु नौ लाख चेक बाउन्स भएको आरोपमा बैंकिङ कसुर मुद्दा चलाइएको छ । उक्त मुद्दापछि फरार रहेका राईलाई झापाबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बसमा फेला पारी प्रहरीले पक्राउ गरेको हो । राईलाई थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी बृत्त बानेश्वर पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।