८ बैशाख २०८१, शनिबार

अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालनमा आएन

प्रकाशित मिति :  8 February, 2022 12:53 pm


रुकुम । हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा नआउँदा यात्रु समस्यामा परेका छन् । यही माघको १८ गतेदेखि सो सडकमा यातायातका साधन गुड्न सकेका छैनन् ।

सडकमा पाँच फिटसम्म हिउँ जमेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गनेशबहादुर श्रेष्ठले जानकारी दिए । जमेको हिउँ तत्काल हटाउने सम्भावना नरहेको जनाइएको छ । हिउँ खेल्न अहिले आन्तरिक पर्यटक रुपगाँसम्म जाने गरेका छन् ।

लोकमार्ग अवरुद्ध हुँदा रुकुम (पूर्व), रुकुम (पश्चिम), रोल्पाबाट बागलुङ हुँदै पोखरा, काठमाडौँ जाने यात्रु समस्यामा परेका छन् भने जिल्ला भित्रिने पनि समस्यामा परेका छन् । कतिपयले यात्रुले सल्यान, दाङ, वुटवल हुँदै लामो दूरीको यात्रा गर्नुपरेको बताएका छन् । वर्षेनि यसै समयमा हिमपातको कारण सो लोकमार्गको लकुम–पातीहाल्ना खण्ड अवरुद्ध हुने गर्दछ ।

यस्तै हिमपातको कारण सहिदमार्ग पनि अवरुद्ध छ । सो मार्गको रिका खण्डमा बाक्लो हिउँ जम्दा पुथाउत्तरगङ्गा गाउँपालिकाका नागरिकलाई सदरमुकाम रुकुमकोट आवत जावत गर्न समस्या भएको छ । सो सडकमा जमेको हिउँ पन्छयाउन पनि केही समय प्रहरीले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस !