४ जेष्ठ २०८१, शुक्रबार

वालिङ नगरपालिकाले मकै पकेट क्षेत्र बनाउने

प्रकाशित मिति :  21 February, 2022 5:16 pm


स्याङ्जा । वालिङ नगरपालिकाले मकैको पकेट क्षेत्र बनाउन अरुण-२ नामक मकैको बीउ वितरण गरेको छ ।

खाद्यन्न वालीको उन्नत बीउ उपयोगमा मुल्य अनुदान कार्यक्रम मार्फत वालिङलाई मकैको बीउ उत्पादनको क्षेत्र बनाउने उदेश्यले विउ वितरण गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले यो सिजनमा २५ सय केजी अरुण-२ नामक मकैको विउ किसानलाई वितरण गरेको छ । धान फल्ने खेतमा १४२ दिन भित्र तयार हुने यो मकै किसानका लागि आयआर्जनमा समेत निकै फलदायी हुने कृषि विज्ञहरुको भनाई छ ।

मकैखेतीको लागि माटो सुहाउदो भएकाले वालिङ नगरपालिकाको कृषि शाखाले मकै खेती छनोट गरेको जनाएको छ । वालिङ नगरपालिकाका लेखा प्रमुख ज्ञानप्रसाद अर्यालले मकैको विउ खोज्न अब बाहिर जान नपर्ने बताए ।

नगरपालिकाले बीउ मकै संरक्षण गर्न वडा नम्बर ९, ११ र १४ रोजेको छ ।



प्रतिक्रिया दिनुहोस !