नमस्ते गर्न थाले खेलाडी
प्रकाशित मिति : 9 March, 2020 6:20 am
![](https://i0.wp.com/www.lumbinisanchar.com/wp-content/uploads/2020/03/D4263F8C-04BB-4232-A6DD-6A5F91B793B2.jpeg?fit=800%2C533&ssl=1)
काठमाडौं, २५ फागुन । फुटबल खेलहरुमा हात मिलाउन छाडिएको छ । अहिले विश्वमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । खेलकुद क्षेत्रलाई पनि यसले असर गरेको छ । कतै खेल रोकिने कतै क्लोज डोर खेल हुने गरेको छ । नेपालमा पनि धेरै जसो खेल स्थगित भइसकेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बी डिभिजन लिग भने रोकेको छैन । धेरै दर्शक नहुने भएकाले यो रोकिएको छैन ।
तर करोनाको प्रभाव भने परेको छ । कोरोनाबाट बच्न खेलअघि खेलाडी र म्याच अफिसिलयहरुले हात मिलाउन छाडेका छन् नमस्ते गर्न थालेका छन् ।