१६ चैत्र २०८०, शुक्रबार

प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार

प्रकाशित मिति :  9 March, 2020 6:54 pm


काठमाडौ, २६ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपणको आज छैटौँ दिन उहाँको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको देखिएको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्रीको नियमित खानपान, हिँड्डुल र व्यायामलाई निरन्तरता दिइएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीलाई मिर्गाैला दान दिने प्रधानमन्त्री अोलीकी भान्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्य स्थिति पनि राम्रो अवस्थामा रहेको उल्लेख छ ।

यही फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रोपटकको मिर्गाैला प्रत्यारोपण गरिएको थियो । सुधारको अवस्था कायम रहेमा प्रधानमन्त्री ओलीलाई केही दिनमा ‘डिस्चार्ज’ गरिने अस्पतालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !