१४ बैशाख २०८१, शुक्रबार

कोरोना अपडेट : संक्रमण भन्दा निको हुनेको संख्या बढि

प्रकाशित मिति :  10 March, 2020 2:52 pm


२७ फागुन, काठमाडौँ ।
विश्वभर महामारीको रुप लिएको कोरोना कोभिड १९ भाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ४ हजार २५ पुगेको छ ।

कोरोनाको उत्पत्ति मानिएको चीनमा सबैभन्दा बढि ३१ सय ३६ जनाको मृत्यु भएको छ भने बाँकी ८ ‍सय ८९ जनाको विभिन्न २२ वटा मुलुकमा मृत्यु भएको हो ।

विश्वभर १ सय भन्दा बढि देशमा फैलिएको कोरोना संक्रमित भएका ४६ हजार १ सय १२ जनाको उपचार भइरहेका छ भने संक्रमित भएका ६४ हजार २ सय भन्दा बढि मानिस उपचारपछि घर फर्किएका छन् ।

चीनपछि कोरोनाले इटालीमा महामारीको रुप लिएको छ । इटलीमा हालसम्म ४ सय ६३ जनाको मृत्यु भएको छ । इटालीमा सेनाप्रमुखलाई समेत कोरोनाभाइरसको संक्रमण भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । इटलीमा संक्रमित थपिएपछि संक्रमण हुने व्यक्तिको संख्या ७ हजार ९ सय ८५ पुगेको छ । अवस्था भयाभह बनेपछि इटली सरकारले १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखेर बिशेष सर्तकता अपनाएको छ ।

त्यस्तै दक्षिण कोरियामा संक्रमित हुनेको संख्या ७ हजार २ सय १२ पुगेको छ । हालसम्म दक्षिण कोरियामा मृत्यु हुनेको संख्या ५४ पुगेको छ भने २ सय ४७ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

हाल विश्वमा कोरोना लाग्ने मानिसको संख्या भन्दा कोरोना लागेर निको हुनेको संख्या धेरै रहेका छ । विश्वभर ४६ हजार २ सय १२ जना कोरोनाका संक्रमित छन भने ६४ हजार २ सय ७६ जना मानिस कोरोनालाई जितेर घर फर्किएका छन् ।



प्रतिक्रिया दिनुहोस !