गण्डकी प्रदेश तेक्वान्दो प्रतियोगिता २०७८ को तयारी पुरा
पोखरा । गण्डकी प्रदेश तेक्वान्दो प्रतियोगिता २०७८ को तयारी पुरा भएको छ ।
‘स्वस्थ, अनुशासित, सुरक्षित तथा उत्कृष्ठ तेक्वान्दो खेलाडीहरु उत्पादन गर्ने’उद्देश्यका साथ फाल्गुन २६ र २७ गते पाखरामा हुने गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जानकारी दिएको हो ।
गण्डकी प्रदेश तेक्वान्दो संघले आयोजना गर्ने प्रतियोगितामा प्रदेश अन्तर्गत ७ जिल्लाका १ सय १४ खेलाडीले भाग लिने संस्थाका अध्यक्ष जगन बहादुर गुरुङ्गले जानकारी दिए ।
यस प्रतियोगिताबाट छनोट भएका २६ खेलाडीहरूले राष्ट्रिय टिममा भाग लिन पाउने आयोजकको भनाई छ । प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, तनहुँ, गोरखा र नवलपुरका खेलाडीले प्रतिस्प्रधा गर्नेछन् ।
जसमा सिनियर तर्फ १६ र जुनियर तर्फ १० गरि जम्मा २६ तौल समूहमा खेल हुनेछ । जुनियर महिला तर्फ ४४ के.जि. ६८ के.जि. सम्म र जुनियर पुरुष तर्फ ४८ के.जि. देखि ७८ के.जी. सम्मका खेल हुनेछन् ।
त्यसैगरि महिला सिनियर तर्फ ४६ के.जी. देखि ७३ के.जी. माथिसम्म र सिनियर पुरुष तर्फ ५४ के.जी. देखि ८७ के.जी. माथि सम्ममा खेल हुने कुरा कार्यक्रम संयोजक रमेश पौडेलले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्नका लागि २० जना अफिसियल र २० जना प्राविधिकहरू सहित २ जना स्वयंसेवक रहेको प्रतियोगिताका प्राविधिक निर्देशक एवम नेपाल तेक्वान्दो संघका केन्द्रिय उपाध्यक्ष हरिश्वर पोखे्रलले जानकारी दिए







