४ जेष्ठ २०८१, शुक्रबार

चैत्र १ गतेदेखि लागू हुने गरि वालिङमा दुग्धजन्य पर्दाथको मुल्य वृद्धि

प्रकाशित मिति :  13 March, 2022 1:55 pm


स्याङ्जा । वालिङमा दुग्धजन्य पर्दाथको मुल्य वृद्धि भएको छ । वालिङमा चैत्र १ गतेदेखि लागू हुने गरी दुग्ध व्यवसायिक समितिले दुध तथा दुग्ध जन्य पदार्थको मुल्य वृद्धि गरिएको हो । नेपाल सरकार दुग्ध विकास बोर्ड कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र कृषि प्रतिनिधि बिच भएको सहमति अनुसार दूध तथा दुग्धजन्य वस्तुहरुको मुल्य वृद्धि गर्ने निर्णय अनुसार वालिङ दुग्ध व्यवसायि समितिको बैठकले पनि उक्त निर्णय अनुसार मुल्य वृद्धि गरेको जनाएको छ ।

वालिङमा हाल कायम भएको मुल्यमा भैँसीको दूध, गाईको दूध र दहीमा १०/१० रुपैँया, घ्यू र नौनीमा १ सय रुपैँया र पनिरमा ५० रुपैँया वृद्धि भएको दुग्ध व्यवसायी समिति वालिङका सचिव टिकाराम रेग्मीले जानकारी दिए । चैत्र १ गतेबाट भैँसीको दूध प्रतिलिटिर १२०, गाईको दुध १००, दहि १५० रुपैँया निर्धारण गरिएको छ । घ्यू १२ सय, नौनी, ९५० र पनिर ८०० मुल्य कायम भएको छ ।

हाल भैँसीको दूध ११० रुपैँया, गाईको दूध ९० रुपैँया, दहि १४० रुपैँया, घ्यू ११ सय, नौनी घ्यू ८५० रुपैँया र पनिर ७५० सय रुपैँयामा विक्रि भईरहेको छ । यसअघि पोखराबाट आउने तथा अन्य स्थानहरुबाट आउने दूध तथा दुग्धजन्य पदार्थमा भने मुल्य वृद्धि भईसकेको छ ।



प्रतिक्रिया दिनुहोस !