१९ बैशाख २०८१, बुधबार

अमेरिकामा ट्रम्पद्वारा राष्ट्रिय आपतकाल घोषणा

प्रकाशित मिति :  14 March, 2020 8:59 am


काठमाडौं, १ चैत्र । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस रोकथामका लागि अनिश्चितकालिन राष्टि्य आपतकाल घोषण गरेका छन्।

ट्रम्पको यो घोषणासँगै अमेरिकाले कोरोना भाइरससँग जुध्न राज्य सरकार र स्थानय सरकारले ५० अर्ब डलर खर्च गर्न पाउने छन्। यसका लागि केन्द्र सरकारले भाइरस प्रभावित राज्यहरुसँग सहकार्य गर्नेछ।

‘केन्द्र सरकारको अधिकार प्रयोग गर्दै म आधिकारिक रुपमा राष्ट्रिय संकटकाल घोषणा गर्दछु’ ट्रम्पले भने। तर उनले संकटकाल कहिले सम्म लागू हुन्छ भन्ने बारे स्पष्ट गरेनन्। ट्रम्पले भाइरस रोकथाम गर्न उचित कदम नचालेको आरोप लाग्दै आएको थियो। तर सम्बोधनका क्रममा उनले आफूले उक्त आरोपको खण्डन गरे।

आपतकाल घोषणासँगै ट्रम्पले कोरोना भाइरस परीक्षणको क्षमता वृद्धि गर्ने समेत बताए। अमेरिकी तल्लो सदनमा यस भाइरससम्बन्धी एक विधेयक प्रस्तुत हुँदैछ। जसमा सबैले नि:शुल्क रुपमा भाइरसको संक्रमण बारे परीक्षण गराउन सक्ने छन्।

अमेरिकामा कोरोना भाइरसका कारण ४० भन्दा बढीको मृत्यु भइसकेको छ।  अमेरिकामा मात्रै दुई हजारभन्दा बढीमा भाइरसको संक्रमण देखिएको छ।विश्वमा १ सय २३ वटा देशमा कोरोनाको संक्रमंण फैलिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !