२ जेष्ठ २०८१, बुधबार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान एम्बुलेन्सविहिन,दाताको आश

प्रकाशित मिति :  15 March, 2020 9:13 am


दाङ,  २ चैत । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लामो समयदेखि एम्बुलेन्सविहीन भएको छ ।

एम्बुलेन्स विग्रिएर थन्किएको १० वर्षभन्दा बढी भइसक्दा अझै मर्मत हुनसकेको छैन । नयाँ एम्बुलेन्स पनि खरिद गरिएको छैन । एम्बुलेन्स नहुँदा बिरामीलाई समस्या हुने गरेको छ । तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल हुँदा एम्बुलेन्स बिग्रिएको थियो । विसं २०७४ असोज २९ गते प्रतिष्ठान बनेको थियो ।

हालसम्म प्रतिष्ठानले नयाँ एम्बुलेन्स खरिद गर्न नसकेको र पुरानोलाई मर्मत गर्नसमेत नसकेको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिए । ‘उपक्षेत्रीय हुँदा नै एम्बुलेन्स बिग्रिएको थियो’, उनले भने, ‘तर प्रतिष्ठान बनेको दुई वर्ष बितिसक्दा मर्मत हुनसकेको छैन ।’ मर्मत गर्दा धेरै खर्च लाग्ने तथा नयाँ खरिद गर्ने विषयमा तयारी नभएको उनको दाबी छ । ‘अहिले पुरानो एम्बुलेन्स मर्मत गर्न सकिने अवस्था छैन, महङ्गो खर्च हुन्छ’, उनले भने, ‘नयाँ एम्बुलेन्स खरिद गर्ने विषयमा तयारी छैन ।’

उनका अनुसार एम्बुलेन्सका लागि दाताको सहयोगको अपेक्षा प्रतिष्ठानले गरेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !