सूर्यबिनायक नगरपालिका प्रथम मेयर कप तेक्वान्दो प्रतियोगितको तयारी पुरा
प्रकाशित मिति : 31 March, 2022 1:12 pm
भक्तपुर । भक्तपुर जिल्ला व्यापी सूर्यबिनायक नगरपालिका प्रथम मेयर कप तेक्वान्दो प्रतियोगितको तयारी पुरा भएको छ ।
प्रेशश तेक्वान्दो डोजाङ्गले आयोजना गर्न लागेको प्रतियोगिता भोलीदेखि सुरु हुँदैछ ।
प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिँदै अहिलेसम्म १५ वटा टिमले नाम दर्ता गराएको आयोजक रोशन श्रेष्ठले जानकारी दिए । विजेताले ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगिता भोली र पर्सी सञ्चालन हुने छ ।







