८ जेष्ठ २०७९, आइतबार

मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी

प्रकाशित मिति :  14 May, 2022 2:13 pm


काठमाडौं । स्थानीय तह निर्वाचनमा मुस्ताङको घरपझोङ गाउँपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

गठबन्धनका तर्फबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका मोहनसिंह लालचनले दुई मतले जित हासिल गरेका हुन्। लालचनले ७६० मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका सञ्जयकुमार थकालीले ७५८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङले जनाएको छ ।

उपाध्यक्षमा नेपाली कांग्रेसका जमुना थकालीले ६९३ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेकी मीमकुमारी शेरचनले ६१८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

शुक्रबार भएको स्थानीय तह निर्वाचनमा दुई हजार ८४ जना मतदाता रहेको घरपझोङ गाउँपालिकामा एक हजार ५९८ मत खसेको थियो ।

त्यस्तै घरपझोङ गाउँपालिका–३ को वडाध्यक्षमा नेकपा एमालेका फणीन्द्र थकाली विजयी भएका छन् भने वडा नं.४को अध्यक्षमा कांग्रेसका यमप्रसाद थकालीसहितको प्यानल विजयी भएको छ ।

घरपझोङ–४ को वडाध्यक्षमा कांग्रेसका यमप्रसाद थकालीसहितको प्यानल विजय भएको छ।



प्रतिक्रिया दिनुहोस !