६ पुस २०८२, आइतबार

सुर्खेतका स्थानीय तहमा मतगणना सुरु

प्रकाशित मिति :  14 May, 2022 3:08 pm


सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाबाहेक अन्य आठ स्थानीय तहमा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान ११ बजेदेखि मतगणना सुरु भएको हो ।

प्रारम्भिक मतगणनामा र वीरेन्द्रनगरको प्रमुखमा एमालेकी मोहनमाया ढकालले ११४, उपप्रमुखमा एमालेकै नीलकण्ठ खनालले १११ मतले अग्रता लिएका छन् ।कांग्रेसका प्रमुख पदका उम्मेदवार उपेन्द्र खड्काले ८५, उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) की शान्ति ढकालले ८४ र राप्रपाका प्रमुख पदका उम्मेदवार मुकुन्दश्याम गिरीले ४४ मत प्राप्त गरेका छन् । वीरेन्द्रनगरमा प्रमुख र उपप्रमुखमा कांग्रेस र माओवादीबीच तालमेल छ ।

बराहताल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ईश्वरभक्त सुनार, पञ्चपुरी नगरपालिकाको प्रमुखमा कांग्रेसका लालवीर भण्डारी, चिंगाड गाउँपालिकाको अध्यक्षमा एमालेका बोधविक्रम जिसीले अग्रता लिएका छन् । भेरीगङ्गा, लेकबेँसी र गुर्भाकोट नगरपालिका तथा चौकुने गाउँपालिकामा पनि मतगणना सुरु भएको छ । त्यस्तै सिम्ता गाउँपालिकाको वडा नं १ भगवती मावि केन्द्रमा शुक्रबार निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि तनाव उत्पन्न हुँदा निर्वाचन स्थगित गरिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस !