पोखरा महानगरपालिकाको मतगणना सुरु, मतगणना स्थल बाहिर झडपको स्थिति
प्रकाशित मिति : 14 May, 2022 3:32 pm
पोखरा । पोखरा महानगरपालिकाको मतगणना सुरु भएको छ । बिहानैदेखि मतगणना सुरु गर्ने भनिएपनि प्रक्रिया पुरा नभएको हुनाले ढिला सुरु भएको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।
निर्वाचन आयोगले महानगरको मतगणना जिल्ला समन्वय समिति र उपत्यका नगर विकास समितिको हलमा गर्दैछ । पोखरा महानरको ३३ वटा वडामध्ये ८ वटा वडाको मतपेटिका एकैपटक खोलेर गणना गरिने निर्वाचन कार्यलयले जनाएको छ ।
३३ वडा रहेको महानगरमा २ लाख ७ हजार ७ सय १२ मतदाता छन् । जहाँ १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।
अहिले भित्र मतगणना सुरु भए पनि मतगणना स्थलमा दलका प्रतिनीधि बस्ने विषयमा पनि गेट बाहिर प्रहरी र दलका कार्यकर्ताबीच भनाभन भइरहेको छ ।
गठबन्धनका प्रतिधिनी भन्दा एमालेका प्रतिनिधी मात्रै भित्र पसेको र अरुलाई नदिएको भन्दै दलका नेता कार्यकर्ता आक्रोषित बनेका छन् ।








