सैनामैनामा गठबन्धन अघि अघि एमाले पछि पछि
बुटवल । रूपन्देहीको सैनामैना नगरपालिकामा गठबन्धनका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारबीच उच्च प्रतिस्पर्धा देखिएको छ ।
अहिलेसम्मको मतपरिणाममा नेकपा एमालेका उम्मेदवार भन्दा गठबन्धन बाट उठेका नेपाली कांग्रेसलेका उम्मेदवारले बढी मत पाएका छन्। सुरुवाती अवस्थामा केहि मतान्तरले अगाडी रहेको ऐमालेका चित्रबहादुर कार्की १४ सय मत गणना गरिसक्दा पछि परेका छन् ।
हालसम्म १४ सय मतपत्र गणना गर्दा नगरप्रमुख पदका लागि चित्रबहादुर कार्कीले ५१७ मत प्राप्त गरेका छन् । गठबन्धन बाट उठेका नेपाली कांग्रेसलेका उम्मेदवार फणिन्द्र शर्माले ६०७ मत पाएका छन् ।
त्यसैगरी नगर उपप्रमुख पदका लागि एमालेकी उम्मेदवारले १४ सय मतपत्रबाट ५७५ मत प्राप्त गरेकी छन् । गठबन्धनबाट उठेका उपप्रमुखका उम्मेदवारले ६१६ मत प्राप्त गरेका छन् ।
अहिले गणना भएको वडाको अध्यक्ष पदका लागि पनि गठबन्धनका उम्मेदवार केहि मतान्तरले अगाडी देखिएका छन् ।








