१९ असार २०७९, आइतबार

पर्वतका ३ पालिकामा एमालेको अग्रता कायमै

प्रकाशित मिति :  14 May, 2022 4:10 pm


काठमाडौं । पवर्तका ५ पालिका मध्ये ४ पालिकाको मतगणना भइरमा ३ पालिकामा एमालेको अग्रता देखिएको छ । पर्वत जिल्लाका चारै पालिकामा मतगणना जारी रहेको जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ ।

अहिलेसम्म प्राप्त मत परिणाम अनुसार जिल्लाको विहादी गाउँपालिका, महाशिला गाउँपालिका र जलजला गाउँपालिकामा एमालेको अग्रता देखिएको छ ।

बाँकी पैयू गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता देखिएको छ ।

यस अघि जलजला गाउँपालिका वडा नं. १ मा एमाले वडाअध्यक्ष सहित प्यानल नै विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !