६ पुस २०८२, आइतबार

फेदीखोला गाउँपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेसको प्यानल विजयी

प्रकाशित मिति :  15 May, 2022 12:47 pm


स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेसका ख्यामनारायण पौडेलको प्यानल सहित विजयी भएका छन् ।

पौडेल १ हजार १७३ मतसहित वडाध्यक्षमा विजयी हुदाँ उनका प्रत्यासी नेकपा एमालेका माधव प्रसाद सुवेदी ३३९ मतले पराजित भए । उनले ८४३ मत पाएका छन् ।

यस्तै सदस्यमा दलित सदस्यमा सम्झना बिक सुनार, महिला सदस्यमा टेकमाया गुरुङ, र खुला सदस्यमा भरतबहादुर गुरुङ, हेमन्तराज पौडेल सहित निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस !