१५ चैत्र २०८०, बिहिबार

फोटो खिच्ने क्रममा डुबेर ३६ वर्षिय अलीको मृत्यु

प्रकाशित मिति :  20 May, 2022 12:41 pm


संकेतिक फाइल फोटो

पाल्पा । तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा फोटो खिच्ने क्रममा सिद्धार्थ नगरपालिका–१० का ३६ वर्षीय कयम अलीको डुबेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार बिहीबार साथीहरुसँगै घुम्न आएका अली खोलामा पौडी खेल्दै फोटो खिच्दै गर्दा डुबेर बेपत्ता भएका थिए । अली खोलामा बेपत्ता भएपछि साथीहरुले प्रहरी चौकी दोभानमा खबर गरेका थिए ।

खबर लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले अलीको खोजतलास गर्ने क्रममा सोही स्थानमा पानीमा डुबेको अवस्थामा उद्दार गरेको थियो । उनलाई उपचारका लागि लुम्बिनी प्रादेशीक अस्पताल बुटवल पठाएको भएपनि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !