१३ बैशाख २०८१, बिहिबार

नवौं राष्ट्रिय खेलकुदका लागि खेलाडी दर्ता समय थपियो

प्रकाशित मिति :  23 May, 2022 6:14 pm


काठमाडौँ । आगामी जेठ २२ गतेदेखि २८ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पोर्टसले खेलाडी दर्ताको समय थप गरेको छ ।

पछिल्लो समय तयारी पूरा नहुने अवस्थाका कारण प्रतियोगिता केही पर धकेलिने खबरहरु सार्वजनिक भएपनि राष्ट्रिय खेलकुद परिषद् बाट कुनै औपचारिक जानकारी नआएको र तयारी तीब्र गतिमा अघि बढाइरहेको एनआएनएका कार्यबहाक सदस्य सचिव धर्मराज गिरीले जानकारी दिए ।

गिरीका अनुसार एनआरएनएले १८ खेलमा सहभागीता जनाउने गरि विभिन्र देशका एनसीसीहरुलाई खेलाडी दर्ताका लागि आह्वान गरेको र एनसीसीहरुले धरै खेलाडी दर्ताको काम गरिरहेको बताउँदै केही खेलाडीहरु छुटेको कुरा आएपछि अगामी जेठ १७ गतेसम्म खेलाडी दर्ता गराउन आह्वान गरिएको कार्यबहाक सदस्य सचिव गिरिले बताए ।



प्रतिक्रिया दिनुहोस !