२० बैशाख २०८१, बिहिबार

साथी ग्रुपले सुरक्षित बस्ने कर्मचारीलाइ १० प्रतिशत थप तलब दिने, क्वारेन्टाइनका लागि रेष्टुरेन्ट

प्रकाशित मिति :  24 March, 2020 10:01 am


काठमाण्डौं, ११ चैत । 
हाेटेल रेष्टुरेन्ट लगाएतका क्षेत्रमा लगानी रहेकाे साथी ग्रुपले अाफ्ना कर्मचारीलाइ घरमा सुरक्षित वस्त आव्हान गर्दै थप १० प्रतिशत तलब उपलब्ध गराउने जनाएकाे छ । फेसबुक पेज एसजी साथीग्रुपमार्फत् ग्रुपले यस्ताे आव्हान गरेकाे हाे ।
काेराेनासँग लड्न, साथीले सरकार तथा मेडिकल विज्ञले ताेके बमाेजिमकाे निर्देशन पालना गरेर घरमै बसेवापत चैत महिनाकाे तलबमा थप १० प्रतिशत रकम उपलब्ध गराउनेछ । ‘विना कुनै चिन्ता घरमा बस्नुहाेस्, आफू र आफ्ना मान्छेकाे सुरक्षा गर्नुहाेस् ,’ साथीकाे तर्फबाट अनिमेश कुमार मिश्रले भनेका छन् ।
साथिले भक्तपुर बालकाेटमा रहेकाे आफ्नाे रेष्टुरेन्टकाे स्पेस पनि आवश्यक परेमा क्वारेन्टाइनकाे लागि उपलब्ध गराउने घाेषणा गरेकाे छ । काेराेनाका कारण देखिएकाे संकट निवारण गर्न घरबेटीले घरभाडा छुट गर्ने, हाेटेलले क्वारेन्टाइनलाइ जिम्मा लगाउने जस्ता सामाजिक सेवाका कार्यहरू घाेषणा गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !