१९ मंसिर २०८२, शुक्रबार

खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन

प्रकाशित मिति :  29 May, 2022 5:50 pm


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन् ।

उनले एसियाली र ओलम्पिक प्रतियोगितामा पदक विजेता नेपाली खेलाडीका लागि आजीवन मासिक जीवन वृत्तिको प्रवन्ध गरिएको बताए । उनले खेलकुद संघलाई दिएको अनुदान वृद्धि गरिएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !