१२ श्रावण २०८१, शनिबार

अमेरिकामा विश्वकै धेरै कोरोना भाइरसका संक्रमित भएको पुष्टि

प्रकाशित मिति :  27 March, 2020 8:19 am


एजेन्सी, १४ चैत । अमेरिकामा कोरोना भाइरसको संक्रमण चीनको भन्दा माथी पुगेको छ । अहिलेसम्म अमेरिकामा ८३ हजार ५ सय जना संक्रमित भएको पुष्टि भएको छ ।

यो चीनको भन्दा धेरै संख्या हो । यसले अमेरिकामा कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिएको देखाएको छ । जोहन्स हपकिन्स विश्वविद्यालयका अनुसार ८१ हजार ७ सय ८२ चीन र ८० हजार ५ सय ८९ इटलीमा संक्रमित बनेका छन् तर अमेरिकामा ८३ हजार ५ सय पुगेको छ ।

विहिबारमात्रै २ सय ४६ जनाको मृत्यु भएको छ र अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ११ ९५ पुगेको   छ । संक्रमितमध्य आधाभन्दा बढी न्यूयोर्कमा छन् ।



प्रतिक्रिया दिनुहोस !