१८ बैशाख २०८१, मंगलबार

पुतलीबजार नगरपालिकाले किसानलाई दियो बाख्रा तथा कुखुरा पालन सम्बन्धी तालिम

प्रकाशित मिति :  14 July, 2022 4:26 pm


स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकामा युएनडिपी र पुतलीबजार नगरपालिकाको साझेदारी एवं आस्क नेपालको सहजीकरणमा पुतलीबजारको आन्तिरक कोष मार्फत बाख्रा तथा कुखुरा पालन सम्बन्धी तालिम सम्पन्र भएको छ । नगरपलिकामा रहेका २९३ जना विपन्न महिला तथा पुरुषले तालिम लिएका हुन् ।

तालिममा अत्यन्तै विपन्र परिवारका ७१ जनालाई बाख्रा, खोर तथा टाट्नोका लागि जस्तापाता, दाना खुवाउने ताउलो, २०० तथा ५०० लिटरका पानीटंकी आदि दिइएको थियो । त्यस्तै कुखुरा पालनका लागि १४ जनालाई खोर निर्माण, खोर छाउनको लागि जस्ता पाता, पानीको लागि टंकी, ड्रिङ्कर, फिडर तथा स्टेनहरुको सेट उपलब्ध गराईएको पुतलीबजार नगरपालिकाकी उपप्रमुख देवी अर्यालले जानकारी दिइन् ।

अर्यालका अनुसार उक्त तालिमले विपन्र परिवारको आर्यआर्जनमा टेवा पुर्याउनुका साथै विपन्र नगरवासीको दैनिक सहज रुपमा चल्ने बताइन् ।



प्रतिक्रिया दिनुहोस !