१२ श्रावण २०८१, शनिबार

रोल्पा सदरमुकाममा चैतको खानेपानी शुल्क पुरै छुट

प्रकाशित मिति :  28 March, 2020 12:14 pm


रोल्पा, १५ चैत।

रोल्पामा एक महिनाका लागि खानेपानीको पुरै शुल्क छुट हुने भएको छ ।

रोल्पा शहरी खानेपानी उपभोक्ता तथा सरसफाई समितिले मातहतका उपभोक्तालाई शुल्क छुट दिने भएको हो । समितिले चैत महिनाभरीको शुल्क छुट दिने निर्णय गरेको छ ।

अध्यक्ष लिलाधर आचार्यले निकालेको विज्ञप्तिमा ‘यस रोल्पा शहरी खानेपानी उपभोक्ता तथा सरसफाई समिति लिवाङ रोल्पाले विश्वभर फैलिएको नोबेल कोरोना भाइरस (कोभिड-१९)  को महामारीलाई मध्यनजर गर्दै साविकको लिवाङ बजार खानेपानी तथा सरसफाई उपभोक्ता समिति मातहत रहेका उपभोक्तालाई’ चैत महिनाको महशूल छुट दिने उल्लेख छ ।

र यो पनी…..



प्रतिक्रिया दिनुहोस !