१४ बैशाख २०८१, शुक्रबार

रोल्पाको माडी गाँउपालिकाको आग्रह,‘विदेश र अन्य जिल्लाबाट आउनेले सम्पर्क गर्नुहोला’

प्रकाशित मिति :  28 March, 2020 10:35 am



रोल्पा, १५ चैत।

 रोल्पाको माडी गाँउपालिकाले विदेश र अन्य जिल्लाबाट आएका व्यक्तिलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

एक सूचना जारी गर्दै गाँउपालिकाले हालैमात्र स्वदेश तथा विदेशबाट आएका नागरिक भए नाजिकको स्वाथ्यकर्मी वा वडाका पदाधिकारी र कर्मचारीलाई जानकारी गराउन आग्रह गरेको हो । गाँउपालिकाले भनेको छ,‘ कुन ठाउँ र देशबाट आउनु भएको हो यस सम्बन्धी जानकारी तुरून्त तपाईं नजिकको स्वास्थ्यकर्मी अथवा वडाका पदाधिकारीरकर्मचारीलाई जानकारी गराउनु होला ।’

उनीहरुलाई ज्वरो आएको भए तत्काल ‘होम आईसोलेसन’मा राखी जानकारी गराउन आग्रह गरेको छ । गाँउपालिकाको सूचनामा छ,‘पछिल्लो दिनमा ज्वरो आएका बिरामीको सम्पर्कमा आउनू भएका व्यक्तिले समेत सावधानी अपनाई आइसोलेसनमा बस्नु हुन अनुरोध छ ।’

गाउँपालिकाले गाउँपालिका र वडाका पदाधिकारी, कर्मचारीहरूलाई विदेशबाट आएका व्यक्तिको विवरण प्रत्येक दिन कार्यालयमा पठाउन अनुरोध समेत गरेको छ ।

र यो पनि……



प्रतिक्रिया दिनुहोस !