१३ बैशाख २०८१, बिहिबार

रोल्पाको माडी गाँउपालिका-४ मा विदेशबाट भित्रिएकाको लागत संकलन हुँदै

प्रकाशित मिति :  27 March, 2020 8:51 am


रोल्पा, १४ चैत ।

रोल्पाको माडी गाँउपालिका वडा नम्बर-४ ले चैत १ गतेपछि विदेशबाट भित्रिएकाकोे लागत संकलन गर्ने निर्णय गर्दै ‘होम क्वारेन्टाइन’मा बस्न आग्रह गरेको छ ।

वडा बैठकले भारत र अन्य देशबाट आएकालाई घरमै छु्ट्टै बस्न निर्देशन दिदै त्यसको अनुगमनका लागि वडाका सदस्यहरुलाई जिम्मेवारी दिएको छ । निर्णयमा ‘भारत तथा विदेशबाट यस वडामा चैत १ गतेदेखि भित्रिएका नागरिकहरुको लागत संकलन गरि त्यस्ता व्यक्तिलाई परिवारबाट अलग्गै होम क्वारेन्टाइनमा बस्न अनुरोध एवं कडा निर्देशन दिने निर्णय गरियो र त्यसका लागि सम्पूर्ण वडा सदस्यलाई आफ्नो ठाँउबाट जिम्मेवारीपूर्ण भूमिका पुरा गर्न’भनिएको छ ।

वडाले विपद तथा महामारीको अवस्थामा कोलेबजारी नगर्ने वडाका व्यापारीहरुलाई आग्रह गरेको छ । अत्यावश्यक खाद्यान्नको अभाव हुन नदिन इलाका प्रहरी कार्यालय घर्तिगाँउ र उद्योग बाणिज्य संघसँग सहकार्य गर्ने निर्णय गर्दै वडाले अध्यक्ष खिमबहादुर घर्तिको संयोजकत्वमा अनुगमन समिति बनाएको छ ।



प्रतिक्रिया दिनुहोस !