१४ बैशाख २०८१, शुक्रबार

कोशीका ४६ ढोका खोलियो, उद्धार कार्य जारी

प्रकाशित मिति :  4 August, 2022 10:45 am


उदयपुर । पूर्वी पहाडमा अविरल परेको वर्षाका कारण उदयपुर, सप्तरी, सुनसरीलगायतका तटीय क्षेत्रमा कोशी नदी अनियन्त्रित भए पछि सप्तकोशी ब्यारेजका ४६ वटा ढोका खोलिएका छन ।

पूर्वी पहाडमा अविरल परेको वर्षाका कारण उदयपुर, सप्तरी, सुनसरीलगायतका तटीय क्षेत्रमा कोशी नदी अनियन्त्रित भए पछि सप्तकोशी ब्यारेजका ४६ वटा ढोका खोलिएका छन ।

सप्तकोशी ब्यारेज हुँदै २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहावमा नियन्त्रण नआए पछि कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको हो ।

प्रभावित क्षेत्रमा बिहीबार बिहानैबाट उद्धार कार्य सुरू गरिएको छ। नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी प्रभावित क्षेत्रमै रहेर उद्धार कार्य जारी राखेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए।

अविरल तथा तीव्र बहावका कारण कोसीले उदयपुरमा २ हजार ५ सय भन्दा बढीलाई विस्थापित गरेको छ भने सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका -१३ गोबरगाढाको सामुदायिक भवन र विद्यालय भवन कटान गरी बगाएको छ ।

स्थानीय सरकार र प्रशासनले उद्धारसँगै पिडितहरूलाई राहत तथा सहयोगको ब्यवस्था मिलाउन लागि पहल गरेको छ । रेडक्रस लगायतका विभिन्न संघसंस्थाले प्रभावित क्षेत्रमा खटेर उद्धारमा सहयोग गर्दै आएको छ भने राहत सामग्रीको ब्यवस्था गरिरहेका छन्।

मोटरडुङ्गा, प्लाष्टिकको डुङ्गा, ट्याक्टर र सुरक्षाकर्मीको सवारी साधन प्रयोग गरेर उद्धार कार्य भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !