१४ बैशाख २०८१, शुक्रबार

प्रतिनिधि सभा बैठक बस्दै, प्रधानन्यायाधीशविरुद्धको  महाअभियोग प्रस्तावमाथि छलफल हुने

प्रकाशित मिति :  7 August, 2022 7:57 am


file photo

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक विहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरु हुनेछ । आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोगको प्रस्तावबारे छलफल हुने सम्भावित कार्यसूचीमा रहेको छ ।

“०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम प्रस्तुत गरेको प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको  महाअभियोग प्रस्तावमाथि छलफल हुनेछ,” सम्भावित कार्यसूचीमा भनिएको छ ।

गत फागुनमा सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेका थिए । प्रधानन्यायाधीश जबराविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीका ९८ जना सांसदले गत फागुन १ गते संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

प्रतिनिधि सभाको फागुन २२ गतेको बैठकबाट महाभियोग सिफारिस समिति गरिएको थियो। प्रतिनिधिसभाको त्यस दिनको बैठकमा  महाअभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमत स्वीकृत भएको थियो।



प्रतिक्रिया दिनुहोस !