१५ चैत्र २०८०, बिहिबार

राष्ट्रिय सभा बैठक दिउँसो १ बजे बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रकाशित मिति :  8 August, 2022 7:33 am


काठमाडौं । आज सोमबार संघीय संसद्‌को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक बस्दै छ। १२औँ अधिवेशनको ४५औँ बैठक बस्न लागेको हो। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हाे।

बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

यस्तै, अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १४९ बमोजिम विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।

अध्यक्ष तिमिल्सिनाले नै राष्ट्रिय सभाका विषयगत समितिका सभापतिको निर्वाचनको मिति र समय तोक्ने समेत सम्भावित कार्यसूची उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !