११ बैशाख २०८१, मंगलबार

जनैपूर्णिमा स्नानका लागि गोसाइँकुण्ड पुग्दै भक्तजन

प्रकाशित मिति :  10 August, 2022 10:46 am


रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड स्नानका लागि भक्तजन आउने क्रम जारी छ । नागपञ्चमीबाटै सुरू भएको धार्मिक यात्रा अन्तर्गत २३ गते पुत्रदा एकादशीसम्म करिब दुई हजार भक्तजनले गोसाइँकुण्डको दर्शन गरिसकेको र जनै पूर्णिमाका लागि भक्तजन आउने क्रम जारी रहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड स्नानका लागि भक्तजन आउने क्रम जारी छ । नागपञ्चमीबाटै सुरू भएको धार्मिक यात्रा अन्तर्गत २३ गते पुत्रदा एकादशीसम्म करिब दुई हजार भक्तजनले गोसाइँकुण्डको दर्शन गरिसकेको र जनै पूर्णिमाका लागि भक्तजन आउने क्रम जारी रहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

यही साउन २७ गते जनै पूर्णिमाको मुख्य पर्वका दिन स्नान तथा पूजाआजाका लागि एक हजारभन्दा बढी भक्तजन धार्मिकमार्गबाट शुलाद्री आरोहणका लागि आज बिहानैदेखि धुञ्चेबाट प्रस्थान गरिसकेको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताए ।रासस



प्रतिक्रिया दिनुहोस !