१४ बैशाख २०८१, शुक्रबार

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पताल बीच सम्झौता

प्रकाशित मिति :  10 August, 2022 12:47 pm


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढी जिल्लामा रहेको माया मेट्रो अस्पताल प्रा।लि। बीच अस्पतालले प्रदान गर्ने सेवाहरुमा बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्झौता भएको छ ।

दुई संंस्था बीच भएको सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका खातावाल ग्राहक तथा कर्मचारीहरुले माया मेट्रो अस्पतालका सेवाहरुमा १५ प्रतिशत सम्म छुट प्राप्त गर्ने भएको छ । माया मेट्रो अस्पतालमा छुट प्राप्त गर्न बैंकका ग्राहकहरुले बैंकको डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड वा बैंकको परिचय पत्र पेश गर्नु पर्नेछ ।

देशका ७७ वटै जिल्लामा २८९ शाखा रहेको ग्लोबल बैंकले २६५ एटीएम, २७५ शाखा सहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढि सेवा गरेको छ । त्यस्तै बैँकले केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !