८ बैशाख २०८१, शनिबार

पहिरो खस्दा पासाङल्हामु राजमार्ग अवरुद्ध

प्रकाशित मिति :  10 August, 2022 12:50 pm


रसुवा । रसुवाको उत्तरगया गाउँपालिका–५ बनुवा घुम्तीमा गएराती पहिरो खस्दा पासाङल्हामु राजमार्ग आवागमन पुर्णरुपमा प्रभावित भएको छ ।

बर्षाका कारण उत्तरगया गाउँपालिका–५ स्थित पासाङल्हामु राजमार्ग अन्तगत बेत्रावति कालिकास्थान सडकखण्डको बनुवामा खसेको पहिरोका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

गएराती साढे २ बजे खसेको पहिरोको कारण रसुवा सदरमुकाम जाने आउने सवारी साधन चल्न सकेका छैनन् । सवारी साधन जिरो किलोबाट धारापानी हुदै र बेत्रावती, मैलुङ स्याप्रुबेशी हुदै जान आउन सक्ने प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध पछि जनैपूर्णिमाको अवसरमा गोसाइकुण्डमा लाग्ने मेलामा दर्शन गर्न आउने तीर्थ यात्रीका लागि स्थानिय यातायात सेवा संचालन गरी धुन्ञ्चेसम्र्म पुर्याउन लागि सवारी परिचालन गरिने प्रहरील जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !