१४ बैशाख २०८१, शुक्रबार

युनाईटेडको लगातार दोस्रो हार

प्रकाशित मिति :  14 August, 2022 8:42 am


काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले लगातार दोस्रो हर व्यहोरेको छ । शनिबार राति भएको खेल ब्रेन्टफोर्डसँग ४-० ले स्तब्ध हुँदै युनाईटेडले लगातार दोस्रो हार व्यहोरेको हो ।

खराब प्रदर्शन गरेको युनाईटेडविरुद्ध पहिलो हाफमै ४ गोल गरेको थियो । खेलको दशौँ मिनेटमा जोस डासिल्भाले गोल गर्दै ब्रेन्टफोर्डलाई सुरुआती अग्रता दिलाएका थिए ।

म्याथिस जेन्सेनले १८ औं मिनेटमा गोल गर्दा ब्रेन्टफोर्ड २-० ले अघि रह्यो । खेलको ३० औं मिनेटमा बेन मिले गोल गरेपछि घरेलु टोली ३-० ले अघि रह्यो । त्यसपछि खेलको ३५ औं मिनेटमा ब्रायन एमबिउमोले गोल गर्दै ब्रेन्टफोर्डलाई ४-० को जित दिलाए ।

ब्रेन्टफोर्डको यो पहिलो जित हो । ब्रेन्टफोर्ड २ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

युनाईटेड अंक विहीन रहदै पुछारमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !