१९ मंसिर २०८२, शुक्रबार

एम्बाप्पेको दुई गोलमा पीएसजीको सहज जित

प्रकाशित मिति :  4 September, 2022 9:17 am


काठमाडौं । केलियन एम्बाप्पेको दुई गोलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नान्तेसमाथी सहज जित हात पारेको छ ।

शनिबार राती भएको पीएसजीले ३–० गोल अन्तरले हराएको हो । पीएसजीको जितमा केलियन एमबाप्पेले दुई गोल गर्दा नुनो मेन्डिसले एक गोल गरे ।

नान्तेसको घरेलु मैदानमा भएको खेलको १८ औं मिनेटमा एमबाप्पेको गोल मार्फत पीएसजीले सुरवाती अग्रता लिएको थियो । खेलको २४ औं मिनेटमा नान्तेस फाबियोले रातो कार्ड पाएर बाहिरिएपछि १० खेलाडीमा समेटिएको नान्तेसले खेलमा लय समाउन सकेन् ।

खेलको ५४ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । त्यस्तै ६८ औं मिनेटमा नुनोले गोल गर्दै पीएसजीलाई ३–० को जित दिलाए ।

जितसँगै पीएसजीले ६ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ । पराजित नान्तेस ६ अंक जोडेर दशौँ स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस !