एक महिनाको घरभाडा नलिन घरधनीहरुलाई सरकारको आग्रह

काठमाण्डौं, १६ चैत ।
सरकारले एक महिनाको घरभाडा नलिन घरधनीहरुलाई आग्रह गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले घरधनीहरुलाई चैत महिनाको घरभाडा नलिन आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।
घरभाडा छुट दिने घरधनीसँग घरवहाल कर नलिने अर्थमन्त्री खतिवडाको भनाई छ । सरकारले कोरोना भाइरसको रोकथामका लागि चैत २५ गतेसम्म लकडाउन कायमै राख्ने निर्णय राख्दै यस्तो आग्रह गरेको हो ।
यस्तै, सरकारले निजी विद्यालयले चैत महिनाको शुल्क लिन नपाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिष्द् बैठकले निजी विद्यालयले अभिभावकलाइ एक महिना अर्थात चैतको शुल्क फिर्ता गर्नुपर्ने भएको छ । बैठकको निर्णयबारे जानकारी दिदै सरकारका प्रवक्ता खतिवडाले नीजि विद्यालयले आवासबाहेकका शुल्क फिर्ता गर्नुपर्ने जानकारी दिए ।