१३ बैशाख २०८१, बिहिबार

एसियन कप छनोट: नेपालले बंगलादेशको सामना गर्दै

प्रकाशित मिति :  18 September, 2022 9:16 am


Bhutan vs Nepal during their AFC U20 Asian Cup Uzbekistan 2023 – Qualifiers Group B match at Sheikh Ali Bin Mohammed Al Khalifa Stadium on September 10, 2022 in Arad, Bahrain. Photo by Ali Abdulhusain Alhalwachi / Power Sport Images for the AFC

काठमाडौं । बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले आज चौंथो तथा अन्तिम खेलमा खेल्दैछ ।

नेपाल र बंगलादेशबीचको खेल राति ८:४५ बजे शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा सुरु हुनेछ । लगातार तीन खेलमा हार व्यहोरेको नेपाल पहिलो जितको खोजीमा हुनेछ भने बंगलादेश भने दोस्रो जितको खोजीमा हुनेछ ।

पहिलो खेलमा नेपाल भुटानसँग २-० ले पराजित भएको नेपालले दोस्रो खेलमा नेपालले कतारसँग ३-१ र आयोजक बहराइनसँग ६-० गोल अन्तरको हार व्यहोरेको थियो ।

भुटानलाई हराउदै बहराइनसँग गोलरहित बराबरी खेलेको बंगलादेशले अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न मैदान उत्रिने छ।

समूह ‘बी’ मा रहेको नेपाल अंक विहीन रहदै समूहको पुछारमा रहेको छ । छनोट खेलमा समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान सुरक्षित गर्ने छ ।



प्रतिक्रिया दिनुहोस !