१३ बैशाख २०८१, बिहिबार

यूईएफए नेसन्स लिग: स्कटल्याण्डसँग युक्रेन पराजित

प्रकाशित मिति :  22 September, 2022 9:10 am


काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा युक्रेन स्कटल्याण्डसँग पराजित भएको छ । बुधबार राति भएको खेलमा स्कटल्याण्डले युक्रेनलाई ३(० गोल अन्तरले पराजित गरेको हो ।

स्कटल्याण्डलाई जित दिलाउने क्रममा लिन्डन डाइक्सले दुई गोल गरे भने जोन म्याकगिनले एक गोल गरे ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको ७० औं मिनेटमा कप्तान जोनले गोल गर्दै स्कटल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ८० औं मिनेटमा डाइक्सले गोल गर्दै स्कटल्याण्डको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको ८७ औं मिनेटमा डाइक्सले व्यक्तिगत दोस्रो गोल गर्दै स्कटल्याण्डलाई ३-० को जित दिलाए ।

जितसँगै लिग ‘बी’ समूह १ को स्कटल्याण्डले ४ खेलमा ९ अंक सहित शीर्ष स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस !