८ बैशाख २०८१, शनिबार

युइएफए नेसन्स लिग: फ्रान्ससँग अष्ट्रीया पराजित

प्रकाशित मिति :  23 September, 2022 10:50 am


काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा फ्रान्सले पहिलो जित निकालेको छ । अष्ट्रीयालाई २-० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको हो ।

फ्रान्सको जितमा फरवार्डद्धय केलियन एमबाप्पे र ओलिभर जिरुडले गोल गरे । ५६ औं मिनेटमा एमबाप्पेले पहिलो गोल गरे । त्यसपछि ६५ औं मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई २-० को जित दिलाए । जेरुड फ्रान्सका लागि सर्वाधिक बढी उमेरका गोलकर्ता बनेका छन् ।

जितसँगै फ्रान्स लिग ए ग्रुप १ मा ५ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस !